Sarbaguna

बानेश्वर आन्दोलन हिंसात्मक, २ जनाको मृत्यु

सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी युवाहरूको आन्दोलन काठमाडौंको बानेश्वरमा हिंसात्मक बनेको छ। प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन्। वीर अस्पताल र निजामती अस्पतालमा घाइतेको उपचार भइरहेको छ, केहीको अवस्था गम्भीर छ।

प्रहरीले गोली र अश्रुग्यास प्रहार गरेपछि क्षेत्र तनावग्रस्त बनेको छ। स्थिति नियन्त्रणबाहिर गएपछि प्रशासनले सिंहदरबार, राष्ट्रपति निवास र बानेश्वर वरपर दिउँसो १२:३० देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ। तर युवाहरू कर्फ्यू उल्लंघन गर्दै प्रदर्शनलाई जारी राखेका छन्।

Leave a Comments

Comments

    No comments yet.