Sarbaguna
Post Image

बुटवल पावरको एफपीओ रद्द, अब ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं : बुटवल पावर कम्पनीले एफपीओ प्रक्रिया रद्द गर्दै हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनीको चैत २२ गते सम्पन्न सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि कम्पनीले १ करोड कित्ता एफपीओ प्रिमियम मूल्यमा बिक्री गर्न नेपाल धितोपत्र बोर्डमा अनुमति मागेको थियो ।

तर अब उक्त एफपीओ प्रक्रिया स्थगित गरी कुल चुक्ता पुँजीको ४० प्रतिशतका दरले हकप्रद सेयर जारी गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ । बुटवल पावरको हालको चुक्ता पुँजी ३ अर्ब ४० करोड ९० लाख ६४ हजार ६०० रुपैयाँ रहेको छ । त्यसको ४० प्रतिशतअनुसार कम्पनीले १ अर्ब ३६ करोड ३६ लाख २५ हजार ८०० रुपैयाँ बराबरको हकप्रद सेयर ल्याउनेछ ।

 

Leave a Comments

Comments

    No comments yet.

Follow Us