बैंकहरुले ९ महिनामा कमाए ४१ अर्ब २५ करोड, सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा नबिल अगाडि, अरु कुनको कति ?
- Apr 20, 2025
- 155
काठमाडौं : चालु आर्थिक वर्षको तेस्रो त्रैमास (चैत मसान्त)सम्म वाणिज्य बैंकहरूले ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएका छन्, जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १.४० प्रतिशतले बढी हो। अघिल्लो वर्षको चैतसम्म बैंकहरूले ४० अर्ब ६८ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए।
यस अवधिमा ११ वटा बैंकको नाफा बढेको छ भने ९ वटाको नाफा घटेको देखिन्छ। सबैभन्दा बढी नाफा कमाउने बैंकमा नबिल बैंक अग्रस्थानमा रहेको छ, जसले ५ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको छ। त्यसपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ५४ करोड र ग्लोबल आइएमई बैंकले ४ अर्ब ५३ करोड रुपैयाँ नाफा आर्जन गरेका छन्।
सबैभन्दा कम नाफा कमाउने बैंकमा एनआइसी एशिया बैंक पर्छ, जसले केवल १५ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
बैंकहरूको नाफामा अझै पनि दबाब कायम रहेको छ, मुख्यतः खराब कर्जा (एनपीएल) वृद्धि र उच्च इम्पेयरमेन्ट चार्जका कारण। धेरै बैंकले आम्दानीको ठूलो हिस्सा कर्जा जोखिमका लागि छुट्याउनु परेकाले नाफा घटेको हो। यसले बैंकहरूको समग्र वित्तीय सूचकहरूमा नकारात्मक असर पारेको छ।














No comments yet.