Sarbaguna
Post Image

मनकामना इन्जिनियरिङ हाइड्रोपावरले २ लाख ९० हजार रुपैयाँ नाफा कमायो, विद्युत बिक्रीबाट आम्दानी वृद्धि

काठमाडौं: मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (पुस मसान्तसम्म) मा २ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले ७१ लाख ९८ हजार रुपैयाँ घाटा ब्यहोरेको थियो।

विद्युत् बिक्रीबाट भएको आम्दानी ६ करोड ९४ लाख रुपैयाँबाट बढेर ७ करोड ५७ लाख ९२ हजार रुपैयाँ पुगेको छ। त्यस्तै, वित्तीय खर्च ३ करोड ९९ लाख रुपैयाँबाट घटेर ३ करोड ६४ लाख रुपैयाँमा सीमित भएको छ। आम्दानी वृद्धि र वित्तीय खर्च कटौतीका कारण कम्पनी नाफामा पुगेको हो।

८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष २५ करोड ९ लाख रुपैयाँ ऋणात्मक छ। प्रतिसेयर आम्दानी ०.०४ रुपैयाँ तथा प्रतिसेयर नेटवर्थ ६८.६३ रुपैयाँ रहेको छ।

Tags

Leave a Comments

Comments

    No comments yet.