Sarbaguna

मर्जर घोषणापछि समाज लघुवित्तको सेयर नेगेटिभ सर्किटमा, ग्रामीणको मूल्य १० प्रतिशतले वृद्धि

काठमाडौं : समाज लघुवित्त वित्तीय संस्था र ग्रामीण विकास लघुवित्तबीच मर्जर सम्झौता भएसँगै दुबै कम्पनीको सेयर मूल्यमा ठूलो उतारचढाव देखिएको छ।

यो समाचार तयार पार्दासम्म (११:०४ बजे), समाज लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेर ३,१८५.१० रुपैयाँमा पुगेको छ, जसले प्रतिकित्ता ३५२.९० रुपैयाँको गिरावट देखाएको छ। भने, ग्रामीण विकास लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि भई ९८० रुपैयाँमा पुगेको छ।

हालसम्म सेयर स्वाप अनुपात तय भएको छैन। यदि समाजका सेयरधनीले १:१ को अनुपात पाए पनि उनीहरूलाई घाटा हुन सक्ने देखिन्छ। वित्तीय अवस्थाको हिसाबले ग्रामीण विकास लघुवित्त समाज लघुवित्तभन्दा बलियो रहेको छ।

Tags

Leave a Comments

Comments

    No comments yet.