मुक्तिनाथ कृषि कम्पनीको नाफा वृद्धि
- Aug 13, 2025
- 215
मुक्तिनाथ कृषि कम्पनी लिमिटेड (MKCL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १० करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको २ करोड १७ लाख रुपैयाँभन्दा ३६२.४९ प्रतिशतले बढी हो।
आम्दानी वृद्धि र खर्चमा १४.५५ प्रतिशत कमी आएपछि नाफामा उल्लेख्य वृद्धि भएको हो। समीक्षा अवधिमा सञ्चालन आम्दानी ८.४६ प्रतिशत र कुल आम्दानी ४७.२१ प्रतिशतले बढेको छ।
असार मसान्तसम्म कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ, अन्य इक्विटी ६ करोड ३२ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी (EPS) १४ रुपैयाँ ३६ पैसा, प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ३ पैसा र मूल्य आम्दानी अनुपात (P/E Ratio) १०४.१२ गुणा रहेको छ।













No comments yet.