यातायात कार्यालय बाराद्वारा १० महिनामा ८ करोड २१ लाख राजस्व संकलन
- May 26, 2025
- 267
पर्सा: यातायात व्यवस्था कार्यालय बारा, कलैयाले चालु आर्थिक वर्षको जेठको पहिलो सातासम्ममा कुल ८ करोड २१ लाख ७० हजार १३२ रुपैयाँ राजस्व संकलन गरेको छ।
कार्यालय प्रमुख अविन्दर दासका अनुसार चालु आर्थिक वर्षका १० महिनामा कार्यालयले उत्साहजनक रूपमा राजस्व संकलन गर्दै आएको छ। उनका अनुसार, कार्यालयले मासिक औसतमा करिब ६१ लाख रुपैयाँ राजस्व उठाउँदै आएको छ।
चालु वर्षमा सबैभन्दा धेरै राजस्व सवारीसाधन कर शीर्षकबाट संकलन भएको छ, जसअन्तर्गत ३ करोड ८३ लाख ८७ हजार २६७ रुपैयाँ राजस्व संकलन गरिएको छ।
त्यस्तै, नयाँ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) पास शीर्षकमा १ करोड ६९ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ भने अनुमतिपत्र पास थप शीर्षकमा २८ लाख ४२ हजार रुपैयाँ उठाइएको छ।
अनुमतिपत्र दर्ता नयाँ शीर्षकमा ८३ लाख ७६ हजार रुपैयाँ, दर्ता थप मा ३३ लाख ६२ हजार रुपैयाँ, र नवीकरण शीर्षकमा २७ लाख १६ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
त्यस्तै, सवारी विविध शीर्षकमा ८ लाख २८ हजार ९५० रुपैयाँ, आयकर शीर्षकमा ८ लाख ६० हजार ५२५ रुपैयाँ, र पटके कर शीर्षकमा ३९ लाख ९२ हजार ४० रुपैयाँ संकलन गरिएको छ।














No comments yet.