युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज
- Oct 26, 2025
- 111
युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (आइतबार) रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक ११ गतेदेखि २५ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको हो।
भोलि (कात्तिक १० गते) छठ पर्वको सार्वजनिक बिदा भएका कारण आजसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका शेयरधनीहरूले कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन सक्नेछन्।
कम्पनीले आगामी कात्तिक २५ गते (मंगलबार) नयाँ बानेश्वरस्थित द एभरेष्ट होटलमा दिउँसो ४:३० बजे ३२औँ वार्षिक साधारण सभा बोलाएको छ।
सभामा प्रतिकित्ता रु. १,८४२ नगद लाभांश वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, सामाजिक तथा सामुदायिक परियोजनामा आर्थिक योगदान गर्ने, र संस्थापक शेयरधनीको नाम सिबक्रिम होल्डिङ्स प्रा.लि. बाट आईजे ग्रुप होल्डिङ्स प्रा.लि. मा परिवर्तन अनुसार नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।












No comments yet.