रिज लाइन इनर्जीको स्थानीय आईपीओमा आवेदन दिने आज अन्तिम दिन
- Jan 12, 2026
- 67
रिज लाइन इनर्जी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि पुस १३ गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (पुस २८ गते) अन्तिम दिन रहेको छ।
कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत बराबरको कुल २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो। यसमध्ये प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ लाख ८५ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको छ।
उक्त शेयर खरिदका लागि गोरखा जिल्लाको अजिरकोट गाउँपालिकाका सबै वडाका बासिन्दा तथा लमजुङ जिल्लाको दुधपोखरी गाउँपालिका वडा नं. १, २, ३ र दोर्दी गाउँपालिका वडा नं. ४, ५ र ६ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
क्रेडिट रेटिङतर्फ केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरिरहेको ९.०५ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत आयोजना २०८० माघ ८ गतेदेखि व्यवसायिक रूपमा विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमार्फत बिक्री गरिरहेको छ। आयोजनाको कुल लागत २ अर्ब ९ करोड ६० लाख रुपैयाँ रहेको छ भने विद्युत उत्पादन अनुमतिपत्र अझै ३० वर्ष ११ महिना बाँकी रहेको छ।
यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले गोरखास्थित रिज लाइन इनर्जी आयोजना कार्यालय, प्रभु क्यापिटल कमलादी, प्रभु बैंकका छेपेटार र पालुङटार शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै, प्रभु क्यापिटलले तयार पारेको अनलाइन पोर्टलमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।













No comments yet.