Sarbaguna

विन्ध्यबासिनी हाइड्रोपावरको बढ्यो, विद्युत बिक्री आम्दानीमा दोहोरो अंकको वृद्धि

विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (BHDC) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १६ करोड ६४ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १०.४९ प्रतिशत वृद्धि हो।

आम्दानीसँगै कम्पनीको खुद नाफा पनि ३६.३७ प्रतिशत बढेर ८ करोड ७१ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा कम्पनीको वित्तीय खर्च ५.९५ प्रतिशत घटेर ३ करोड २२ लाख रुपैयाँमा सीमित भएको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी (EPS) ६ रुपैयाँ ५१ पैसा बढेर ३० रुपैयाँ ८७ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ ८८ पैसा रहेको छ। सोही अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात (P/E Ratio) १७.६८ गुणा रहेको छ।

१ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको अन्य इक्विटी १९ करोड ७ लाख रुपैयाँ पुगेको छ।

Tags

Leave a Comments

Comments

    No comments yet.