
विन नेपाल लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन, हालसम्म पर्यो माग भन्दा ४२० गुणा बढी आवेदन
- Apr 8, 2025
- 10
काठमाडौं: विन नेपाल लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन दिने आज (चैत २६) अन्तिम दिन हो । आज कार्यालय समयभित्र मात्र आवेदन दिन सकिनेछ ।
सीडीएस एन्ड क्लियरिङका अनुसार, मंगलबार (चैत २६) बिहान १० बजेर ७ मिनेटसम्ममा १८ लाख १८ हजार ५७ जना सर्वसाधारण लगानीकर्ताले २ करोड १५ लाख ४९ हजार कित्ता शेयरका लागि आवेदन दिएका छन्, जसको रकम करिब २ अर्ब १५ करोड रुपैयाँ बराबरको छ । यो मागभन्दा ४२०.१२ गुणा बढी हो ।
विन नेपाल लघुवित्तले चैत २१ गते देखि ५१ लाख २९ हजार २०० रुपैयाँ बराबरको एफपीओ निष्कासन खुला गरेको थियो । यस अन्तर्गत कम्पनीले ५१ हजार २९२.५० कित्ता शेयर प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा बिक्रीमा ल्याएको हो ।
न्यूनतम १० कित्ता देखि अधिकतम १ हजार कित्ता सम्म आवेदन दिन सकिनेछ । आवेदन सी-आस्वा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्था वा मेरो सेयरबाट दिन सकिन्छ । एफपीओ बिक्री व्यवस्थापनको जिम्मा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले लिएको छ ।
लघुवित्तले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ अनुसार सर्वसाधारणको शेयर संरचना ३० प्रतिशत कायम गर्न एफपीओ जारी गरेको हो ।
क्रेडिट रेटिङ संस्था केयर नेपालले एफपीओलाई एनपी सिंगल बी इश्युअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । यो रेटिङ २०८१ चैत ८ गते प्रदान गरिएको हो र २०८२ फागुन २२ गतेसम्म मान्य रहनेछ ।
No comments yet.