वैदेशिक रोजगारमा रहेका नेपालीका स्वस्तिक लघुवित्तको आईपीओ
- Jul 3, 2025
- 145
स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि असार २७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।
कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा कार्यरत नेपालीहरूलाई लक्षित गर्दै प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २३ लाख १० हजार रुपैयाँ बराबरको २३ हजार १०० कित्ता शेयर निष्काशन गर्न लागेको हो।
यसअघि स्वस्तिक लघुवित्तले जारी पूँजीको ४० प्रतिशत अर्थात् २ लाख ३१ हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको थियो। सोमध्ये १ हजार १५५ कित्ता कर्मचारीहरूका लागि र ११ हजार ५५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले साउन ९ गतेसम्म न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
इक्रा नेपालले स्वस्तिकलाई दिएको 'इक्राएनपी इस्यूअर रेटिङ्ग बी एटदरेट' ले कम्पनीको समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गरेको छ।
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। आवेदकहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।












No comments yet.