श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँट सम्पन्न
- Oct 29, 2025
- 116
श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा शुक्रबार बाँडफाँट प्रक्रिया सम्पन्न गरिएको हो।
कम्पनीले असोज २६ देखि २९ गतेसम्म प्रतिशेयर रु. १०० अंकित मूल्यका २५ लाख १० हजार ४९३ कित्ता शेयर निष्काशन गरेको थियो। सो आईपीओमा १८ लाख ९८ हजार ३३३ जनाले आवेदन दिएका थिए, जसमा १८ लाख ६९ हजार ३३० आवेदन मान्य र २६ हजार ६३६ आवेदन रद्द भएका थिए।
मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथा प्रणाली मार्फत बाँडफाँट गरिएको हो। जसअनुसार २ लाख ५१ हजार ४९ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँडफाँटपछि बाँकी रहेका ३ कित्ता शेयर मध्ये ३ जना आवेदकले थप १ कित्ता पाएका छन्, अर्थात ती लगानीकर्ताहरूले ११ कित्ताका दरले शेयर प्राप्त गरेका छन्।













No comments yet.