Sarbaguna

सर्वोत्तम सिमेन्टले ७औँ साधारण सभा बोलायो

सर्वोत्तम सिमेन्ट लिमिटेड (SARBTM) ले गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित लाभांश पारित गर्न ७औँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले मंसिर २६ गते, शुक्रबार, भैरहवास्थित होटल सिद्धार्थ भिलासामा सभा आयोजना गर्ने जनाएको छ। सभा बिहान ११:०० बजेबाट सुरु हुने छ।

कम्पनीको विशेष प्रस्तावअनुसार हाल कायम चुक्ता पूँजीबाट ५% बोनस शेयर र करसहित १५% नगद लाभांश वितरण गर्ने योजना छ। साथै, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने, नयाँ लेखापरीक्षक नियुक्त गर्ने लगायतका नियमित एजेन्डामा पनि सभाले निर्णय गर्नेछ।

साधारण सभा तथा लाभांश वितरणका लागि कम्पनीले मंसिर १२ गते बुकक्लोज मिति तोकेको छ। यसअनुसार, मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भई नामावलीमा रहेका शेयरधनीहरू सभामा सहभागि हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

Tags

Leave a Comments

Comments

    No comments yet.