साताको सुरुवातैमा नेप्से निराश: Lower Low पैटर्नले बेच्ने दबाब थपियो
- Dec 7, 2025
- 136
साताको पहिलो कारोबार दिन केही सकारात्मक संकेतका साथ सुरु भए पनि बजारले त्यस्तो गति धेरैबेर कायम राख्न सकेन। कारोबार खुलेको पहिलो १५ मिनेटमै नेप्से सूचकांक 2636 को दिनकै उच्च बिन्दुमा पुगेको थियो, जसले अलि बढ्ने सम्भावनाको संकेत दिएको थियो। तर उक्त Momentum टिक्न सकेन र चाँडै नै बिक्री दबाब हावी हुन थाल्यो।
दिनभरि सूचकांक क्रमशः तल झर्दै गयो र अन्ततः 21 अंकको गिरावट सहित बन्द भयो। यस्तो निरन्तर घट्दो मूल्यक्रमले लोअर लो (LL) प्याटन बनाएको छ, जसले बजारमा हाल पनि बेच्ने पक्ष (Sell side) नै बलियो रहेको संकेत गर्छ।
लगानीकर्ताका लागि आजको बजार चालले सतर्क मनोवृत्ति र कमजोर खरीद माग झल्काउँछ। सुरुवाती क्षणमा केही सकारात्मक उछाल देखिए पनि समग्र रूपमा नेप्से हालको अवस्थामा बेच्ने पक्षतर्फ झुकाव देखाइरहेको छ, जसले साताे सुरुवातमै बजार भावना नाजुक रहेको स्पष्ट बनाएको छ।













No comments yet.