Sarbaguna

साना किसान लघुवित्तको १५% लाभांश घोषणा

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (SKBBL) ले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

घोषित लाभांशमध्ये १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश समावेश गरिएको छ। कात्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले सो प्रस्ताव अनुमोदन गरेको हो।

नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाको पारितिपश्चात उक्त लाभांश वितरण गरिने कम्पनीले जनाएको छ।

Tags

Leave a Comments

Comments

    No comments yet.