Sarbaguna
Post Image

सामान्य घट्यो अमेरिकी डलरको भाउ, अरु विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं : आज अमेरिकी डलरको भाउ सामान्य रूपमा घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार, आज जेठ २६ गते सोमबार १ अमेरिकी डलरको बिक्रीदर १३७ रुपैयाँ ३० पैसा र खरिददर १३६ रुपैयाँ ७० पैसा रहेको छ। अघिल्लो दिनको तुलनामा यो १ पैसा घटेको हो, किनभने सोमबार बिक्रीदर १३७ रुपैयाँ ३१ पैसा र खरिददर १३६ रुपैयाँ ७१ पैसा थियो।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार, आज १ युरोको बिक्रीदर १५६ रुपैयाँ ७४ पैसा र खरिददर १५६ रुपैयाँ ०६ पैसा रहेको छ। बेलायती पाउन्डको बिक्रीदर १८६ रुपैयाँ १६ पैसा र खरिददर १८५ रुपैयाँ ३४ पैसा रहेको छ।

त्यसैगरी, जापानी १० येनको खरिददर ९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९ रुपैयाँ ५१ पैसा तोकिएको छ। अष्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ १८ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५७ पैसा रहेको छ।

क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १०० रुपैयाँ ३६ पैसा छ भने कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Leave a Comments

Comments

    No comments yet.