सालपा विकास बैंकको वैदेशिक रोजगारीकर्मीलाई आईपीओ
- Dec 2, 2025
- 84
सालपा विकास बैंक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी मंसिर २५ गतेदेखि आईपीओ निष्काशन खुला गर्दैछ। बैंकले जारी पूँजीको ३३% समावेश गर्ने गरी १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो।
यसअन्तर्गत १०% बराबरको १ लाख ७२ हजार ३८८ कित्ता शेयर विदेशमा श्रम स्वीकृति लिएर कार्यरत नेपालीहरूका लागि छुट्याइएका छन्। प्रतिशेयर अंकित मूल्य रु १०० कायम गरिएको छ।
उक्त आईपीओमा मंसिर २९ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि पुस १० गतेसम्म लम्बिनेछ। वैदेशिक रोजगारीकर्मीहरू न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन योग्य हुनेछन्।
आईपीओका लागि गराइएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले बैंकलाई ‘IRN Single B’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले वित्तीय दायित्व समयमा पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
यस निष्काशनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेड बिक्री प्रबन्धक तोकिएको छ। विदेशमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि–आस्बा प्रणालीमार्फत वा ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सहज रूपमा आवेदन दिन सक्नेछन्।













No comments yet.