
सिद्धार्थ बैंकको कस्तो छ वित्तीय अवस्था ?
- Apr 20, 2025
- 4
काठमाडौं : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सिद्धार्थ बैंकले १ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको यसै अवधिको तुलनामा ०.९४ प्रतिशतले कम हो। गत वर्षको यस अवधिमा बैंकले १ अर्ब ६८ करोड रुपैयाँ नाफा कमाएको थियो।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.३७ प्रतिशतले बढेर ६ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ, जबकि गत वर्ष यसले ६ अर्ब १ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो। तथापि, बैंकको सञ्चालन आम्दानी २.४० प्रतिशतले घटेर २ अर्ब ३८ करोड रुपैयाँमा झरेको छ। गत वर्ष यसले २ अर्ब ४४ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो।
बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड रुपैयाँ रहेको छ, र यसको रिजर्भ कोषमा १४ अर्ब ९५ करोड रुपैयाँ राखिएको छ। यसका साथै, बैंकको प्रतिसेयर आम्दानी ०.२१ पैसाले घटेर १५ रुपैयाँ ८९ पैसा पुगेको छ, र प्रतिसेयर नेटवर्थ २०७.४८ रुपैयाँ ४७ पैसा रहेको छ।
No comments yet.