सिद्धार्थ र सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज
- Nov 2, 2025
- 91
सिद्धार्थ बैंक (SBL) र सिटिजन्स बैंक इन्टरनेशनल (CZBIL) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।
यी दुबै बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कात्तिक १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएका छन्। त्यसैले आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले दुबै बैंकको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।
🔹 सिद्धार्थ बैंक ले हाल कायम पूँजीको ५% बोनस शेयर र ५.५३% नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको २४औं वार्षिक साधारण सभा कात्तिक ३० गते, आइतबार, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान १० बजे बस्नेछ।
🔹 सिटिजन्स बैंक इन्टरनेशनल ले हाल कायम पूँजीको ५% बोनस शेयर र ०.२६% नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।













No comments yet.