
सुनको मूल्यमा भारी गिरावट, यस्तो छ आजको बजार भाउ
- Jun 8, 2025
- 2
काठमाडौं : आज आइतबार सुनको मूल्य एकैदिन ३ हजार रुपैयाँले घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घटेर प्रतितोला १ लाख ९० हजार ७०० रुपैयाँमा झरेको हो।
शुक्रबार उक्त सुनको मूल्य १ लाख ९३ हजार ७०० रुपैयाँ रहेको थियो।
यस्तै, चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँले घटेको छ। अहिले चाँदी प्रतितोला २१ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन शुक्रबार २१ सय ५० रुपैयाँ थियो।
No comments yet.