Sarbaguna
Post Image

सुनको मूल्य बढ्ने क्रमले छैटौं दिन पनि पायो निरन्तरता, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं : सुनको मूल्य लगातार ६ दिन लगातार बढ्दै गएको छ। यी ६ दिनमा मात्र सुनको भाउ ५९ सय रुपैयाँले बढेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख ९३ हजार ७०० रुपैयाँ पुगेको छ। यसअघि बुधबार सुनको मूल्य तोलाको १ लाख ९३ हजार २०० रुपैयाँ थियो।

यसअघि शुक्रबार, आइतबार, सोमबार, मंगलबार र बुधबार सुनको मूल्य क्रमशः ७००, ३००, १०००, २९०० र ५०० रुपैयाँले वृद्धि भएको थियो। त्यस्तै, बिहीबार चाँदीको मूल्य स्थिर रहँदै प्रतितोला २ हजार ७५ रुपैयाँमै कायम भएको छ। बुधबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

Leave a Comments

Comments

    No comments yet.

Follow Us