Sarbaguna
Post Image

स्वाभिमान लघुवित्तको नाफामा आयो उछाल, प्रमुख वित्तीय सूचकहरु कस्ता छन् ?

काठमाडौं : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म स्वाभिमान लघुवित्त वित्तीय संस्थाले ३ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८८४.२९ प्रतिशतले बढी हो। गत वर्ष सो अवधिमा संस्थाको नाफा केवल १८ लाख १ हजार रुपैयाँ मात्र थियो।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ९७.५२ प्रतिशतले वृद्धि भई ११ करोड ८४ लाख रुपैयाँ पुगेको छ। साथै, संस्थाले ४ करोड ८३ लाख रुपैयाँको राइट ब्याक गरेको छ। ब्याज आम्दानी, सञ्चालन नाफा तथा राइट ब्याकमा देखिएको वृद्धि नै नाफा बढ्नुको मुख्य कारण हो।

चैत महिनासम्म आइपुग्दा स्वाभिमान लघुवित्तले ८४ लाख १ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा कम्पनी २ करोड ७० लाख रुपैयाँको सञ्चालन नोक्सानमा थियो।

हाल कम्पनीको चुक्ता पुँजी १४ करोड ६१ लाख ३८ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८ अर्ब ३० करोड रुपैयाँ सञ्चित भएको छ। कम्पनीको प्रतिसेयर आम्दानी (EPS) ३२.६१ रुपैयाँ रहेको छ, जबकि प्रतिसेयर नेटवर्थ १८१.३२ रुपैयाँ पुगेको छ। यद्यपि, गैर-सञ्चलनशील ऋण (NPL) भने ३.७० प्रतिशतबाट बढेर ४.११ प्रतिशत पुगेको छ।

Leave a Comments

Comments

    No comments yet.