Sarbaguna
Post Image

हाथवे इन्भेष्टमेन्टको नाफा ४७.६७ प्रतिशतले घट्दा कस्ता छन् प्रमुख सूचकहरु ?

काठमाडौं : हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४७.६७ प्रतिशत कम हो। गत वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ७ करोड ५० लाख रुपैयाँ नाफा कमाएको थियो।

नाफा घट्नुको प्रमुख कारण कम्पनीको सञ्चालन आम्दानीमा आएको गिरावट हो। समीक्षावधिमा कम्पनीको सञ्चालन आम्दानी २३ करोड ३९ लाख रुपैयाँबाट घटेर १० करोड रुपैयाँमा झरेको छ।

यद्यपि, कम्पनीको वित्तीय खर्च केही घट्दै ३ करोड ५९ लाख रुपैयाँबाट ३ करोड १ लाख रुपैयाँमा सीमित भएको छ। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४१ करोड ५७ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ्स २८ करोड ६२ लाख रुपैयाँमा पुगेको छ। कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी (EPS) १.८५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ७८.३३ रुपैयाँ रहेको छ।

Leave a Comments

Comments

    No comments yet.