
हिजो रेकर्ड कायम गरेको सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा ७५ सय रुपैयाँले घट्यो
- Apr 23, 2025
- 25
काठमाडौं: अघिल्लो दिन नयाँ कीर्तिमान बनाएको सुनको मूल्यमा आज भारी गिरावट आएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७,५०० रुपैयाँले घटेर १ लाख ९० हजार ४०० रुपैयाँमा झरेको छ।
मंगलबार (वैशाख ९ गते) सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै ६,९०० रुपैयाँको वृद्धिसहित प्रतितोला १ लाख ९७ हजार ९०० रुपैयाँ पुगेको थियो।
त्यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। चाँदीको भाउ प्रति तोला ५ रुपैयाँले घट्दै १,९६५ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिन १,९७० रुपैयाँ थियो।
No comments yet.