Sarbaguna

हिम स्टार उर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

हिम स्टार उर्जा कम्पनी लिमिटेडले असार २४ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज (असार २७ गते) अन्तिम दिन हो।

कम्पनीले जारी पूँजीको ३०% अर्थात ११ लाख १९ हजार कित्ता शेयर निष्काशनको अनुमति पाएकोमा आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आरक्षित भाग पहिले नै बाँडफाँट भइसकेको छ। अब बाँकी ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको हो।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। छिटोमा आज बन्द हुने आईपीओ ढिलोमा साउन ६ गतेसम्म खुला रहनेछ।

इक्रा नेपालले कम्पनीलाई ‘ICRA NP Issuer Rating BB-’ प्रदान गरेको छ, जसले औसत जोखिम संकेत गर्दछ। कम्पनीको ५ मेगावाट क्षमताको बुकु कापटी खोला जलविद्युत आयोजनाको कुल लागत १ अर्ब २३ करोड रुपैयाँ रहेको छ।

आईपीओको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सि-आस्बा सेवामार्फत आवेदन दिन सक्नेछन्।

Share Training in Nepal

Tags

Leave a Comments

Comments

    No comments yet.