2600 सपोर्ट दुईपटक परीक्षण, उचाइमा Selling Pressure हावी
- Dec 8, 2025
- 110
नेप्से आज २६०६.६७ अंकमा बन्द हुँदै ३.०२ अंक (०.११%) ले हल्का दबाबमा रह्यो। कुल कारोबार रु. ४.६६ अर्ब नाघेको सेसनमा १ करोड १ लाख ४६ हजार कित्ता सेयर किनबेच भए। कारोबारको हिसाबले बजार निकै सक्रिय देखिए पनि मूल्यगत दृष्टिले बजार अझै कमजोर मोडमै रहेको संकेत मिल्यो।
आजको पूरा सेसन बजारले रेड क्यान्डल बनाएर नै Close गर्यो, जसले तलतर्फको यात्रा अहिले पनि जारी रहेको स्पष्ट संकेत गर्छ। बजारको समग्र मनोविज्ञान कमजोर देखिए पनि २६०० सपोर्ट लेभल भने दिनभर निकै महत्वपूर्ण बिन्दु साबित भयो। नेप्सेले यो स्तरलाई दुईपटक रिटेस्ट गर्यो र दुवैपटक यहाँ खरीदारहरूको उपस्थिति देखियो, जसले यो स्तर छोटो अवधिका लागि महत्वपूर्ण आधार (Base) बन्न सक्ने संकेत दिन्छ।
बजारले शुरुआती चरणमै २६१८ को इंट्राडे हाई बनाएको थियो, तर त्यहाँबाट बाइङ मोमेन्टम टिक्न सकेन। उच्च स्तरमा पुगेपछि फेरि बेचबिखन हावी हुँदै गयो, जसले बजारलाई क्रमशः तल झार्दै लग्यो। यसले बजारमा अहिले पनि अपसाइडमा सप्लाई प्रेशर (Selling pressure) कायम रहेको देखाउँछ।
हालको संरचना हेर्दा,
- २६००–२५९५ क्षेत्र तत्कालको प्रमुख सपोर्ट
- २६३०–२६५० क्षेत्र छोटो अवधिको रेसिस्टेन्स बनेका छन्।
यदि बजारले २६०० माथि स्थिरता कायम गर्यो भने न्यूनतम रिकभरीको सम्भावना रहन्छ, तर यस स्तर तल दबाब बढेमा अझै कमजोरी गहिरिन सक्ने जोखिम यथावत छ।













No comments yet.