बजार खुल्नासाथ नेप्से २८०० अंक माथि उक्लियो
- Feb 27, 2025
- 286
बजार खुल्नासाथ नेप्से २८०० अंक पार गर्दै उक्लियो
काठमाडौं: सेयर बजारले २८०० अंकको मनोवैज्ञानिक सीमा पार गर्न सफल भएको छ। बजार खुल्नेबित्तिकै नेप्सेले २७८० को अवरोध तोड्दै थप उकालो लागेको हो।
मौद्रिक नीति समीक्षाले सेयर बजारमैत्री संकेत देखाएपछि लगानीकर्तामा उत्साह छाएको छ। समीक्षाले घुमाउरो तरिकाले सेयर बजारलाई समर्थन गर्ने नीति ल्याएको आँकलन गरिएको छ।
वाणिज्य बैंक समूहको मजबुत प्रदर्शनका कारण बजार खुल्नेबित्तिकै नेप्से उल्लेखनीय रूपमा बढ्न सफल भयो। समीक्षाले बैंकहरूको मुनाफा वृद्धि गर्न सहयोग पुग्ने देखिएकाले बजार सकारात्मक प्रतिक्रिया दिइरहेको छ।
अब दिनभरको कारोबार कस्तो रहन्छ र नेप्सेको यो वृद्धि दिगो रहन्छ कि रहँदैन भन्ने हेर्न बाँकी छ।












No comments yet.