घर–जग्गा कारोबारबाट फागुनमा ४ अर्ब राजस्व संकलन
- Mar 16, 2025
- 169
घर–जग्गा कारोबारबाट फागुनमा ४.१२ अर्ब राजस्व संकलन
नेपालभरको घर–जग्गा कारोबारबाट गत फागुन महिनामा ४.१२ अर्ब १२ करोड रुपैयाँ बराबरको राजस्व संकलन भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार फागुनमा माघको तुलनामा राजस्व संकलन वृद्धि भएको देखिन्छ।
विभागको विवरणअनुसार:
- सेवा करबाट रु २८ करोड ८४ लाख ६८ हजार
- रजिस्ट्रेशन दस्तुरबाट रु २ अर्ब २० करोड ३७ लाख ८९ हजार
- पुँजीगत लाभकरबाट रु १ अर्ब ५७ करोड ७१ लाख ६४ हजार संकलन भएको छ।
बिगत महिनाको राजस्व संकलन
- साउन – रु ३.८३ अर्ब
- भदौ – रु ३.०९ अर्ब
- असोज – रु ३.०८ अर्ब
- कात्तिक – रु २.७० अर्ब
- मंसिर – रु ३.८७ अर्ब
- पुस – रु ४.२५ अर्ब
- माघ – रु ३.८७ अर्ब
प्रमुख मालपोत कार्यालयहरूको योगदान (फागुन महिनामा)
- कलंकी – रु २२.६१ करोड
- चाबहिल – रु २१.६८ करोड
- लगनखेल – रु ३८.२८ करोड
- खैरहनी, चितवन – रु ३.९४ करोड
विभागका अनुसार घर–जग्गा कारोबार लयमा फर्कँदै गएको र राजस्व संकलनमा समेत निरन्तर वृद्धि भइरहेको छ।













No comments yet.