Sarbaguna
Post Image

९ महिनामा २ अर्ब ३५ करोड राजस्व संकलन

भद्रपुर (झापा) : आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा २ अर्ब ३५ करोड १४ लाख ४४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। यो रकम अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा ८.२६ प्रतिशतले बढी हो।

कार्यालयका सूचना अधिकारी तथा कर अधिकृत डोरराज सुनुवारका अनुसार, आर्थिक वर्ष २०८०/८१ को साउनदेखि चैत महिनासम्मको अवधिमा २ अर्ब १७ करोड १९ लाख ३ हजार रुपैयाँ राजस्व संकलन भएको थियो। चालु आवमा कार्यालयले ४ अर्ब ६१ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको उनले जानकारी दिए।

Leave a Comments

Comments

    No comments yet.