
सुनको भाउ आज तोलामा १ हजार रुपैयाँले घट्यो, चाँदीमा पनि गिरावट
- Apr 25, 2025
- 9
काठमाडौं : आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ घटेर प्रतितोला १ लाख ८९ हजार ६०० रुपैयाँमा कायम भएको छ।
बिहीबार छापावाल सुनको मूल्य १ लाख ९० हजार ६०० रुपैयाँ थियो। त्यस्तै, आज चाँदीको मूल्य पनि घट्दै प्रतितोला २ हजार रुपैयाँमा झरेको छ, जुन बिहीबार २ हजार १० रुपैयाँ थियो।
No comments yet.