Sarbaguna
Post Image

फर्स्ट माइक्रोफाइनान्सको नाफा किन भयो प्रभावित ?

काठमाडौं: चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा ४५.७७ प्रतिशतले घट्दै ७ करोड ६ लाख ३९ हजार रुपैयाँमा सीमित भएको छ। गत वर्षको सोही अवधिमा कम्पनीले १३ करोड २ लाख रुपैयाँ नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको गिरावटका कारण नाफा घटेको हो। यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३७.९४ प्रतिशतले घटेर १५ करोड ७० लाख रुपैयाँमा पुगेको छ भने सञ्चालन नाफा पनि ४५.९४ प्रतिशतले घट्दै १० करोड १५ लाख रुपैयाँमा झरेको छ।

फर्स्ट माइक्रोफाइनान्सको हालको चुक्ता पुँजी १ अर्ब ३४ करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ३० करोड ५९ लाख रुपैयाँ रहेको छ। नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ। यो वर्ष ईपीएस ७ रुपैयाँ ०८ पैसाले घटेर ७ रुपैयाँमा झरेको छ, जबकि गत वर्ष यस अवधिमा ईपीएस १४ रुपैयाँ ०८ पैसा थियो।

कम्पनीको प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ७२ पैसा रहेको छ भने एनपीएल (नन परफर्मिङ लोन) ०.६७ प्रतिशतमा सीमित छ।

Leave a Comments

Comments

    No comments yet.