
प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो
- Apr 30, 2025
- 5
काठमाडौं: प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०७ अंकले घट्दै २६३१.९० बिन्दुमा झरेको छ। सेसन अवधिमा २१ करोड १९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
यो अवधिमा ४४ कम्पनीका ३ लाख ३७ हजार ४३६ कित्ता सेयर किनबेच भएका छन्। कुल १५१ कारोबार सम्पन्न भएका छन्।
सेसनमा १८ कम्पनीको सेयर मूल्य बढेको छ भने २५ कम्पनीको घटेको छ। बाँकी कम्पनीहरूको मूल्यमा भने कुनै परिवर्तन आएको छैन।
No comments yet.