
नेको इन्सुरेन्सले लाभांश प्रस्ताव पारित गर्न बोलायो एजीएम, बुक क्लोज कहिले ?
- May 2, 2025
- 8
काठमाडौं : नेको इन्सुरेन्सले आगामी जेठ ९ गते वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा बिहान ११ बजे काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा आयोजना हुने छ। सभामा ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ।
यस सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण, नगद प्रवाह लगायतका वित्तीय प्रतिवेदनहरूमा छलफल हुनेछ। साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाको एजेन्डामा रहेको छ।
कम्पनीले सभा र लाभांश वितरणको लागि वैशाख ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, वैशाख २९ गतेसम्म नामावलीमा रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
No comments yet.