
प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको बोनस सेयर घोषणा
- May 2, 2025
- 6
काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले गत आर्थिक वर्षको नाफाबाट कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको वैशाख १७ गते सम्पन्न सञ्चालक समितिको बैठकले ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
उक्त लाभांश प्रस्ताव बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीलाई वितरण गरिनेछ। यसअघि कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट १०.५३ प्रतिशत लाभांश दिएको थियो।
No comments yet.