
अपर स्याङ्गे हाइड्रोपावरको नोक्सानी बढ्यो, अन्य वित्तीय सूचक कस्ता छन् ?
- May 5, 2025
- 7
काठमाडौं:
अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ करोड ६२ लाख ९८ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीको घाटा ३४ लाख १७ हजार रुपैयाँ मात्र थियो।
कम्पनीको विद्युत बिक्रीबाट प्राप्त आम्दानी ५ करोड ६ लाख रुपैयाँबाट घटेर ३ करोड ९८ लाख रुपैयाँमा झरेको छ, जसका कारण घाटा थप बढेको हो। यद्यपि, वित्तीय खर्च भने ४ करोड ९१ लाख रुपैयाँबाट घटेर २ करोड ६२ लाख रुपैयाँमा झरेको छ।
२२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष हाल १० करोड ६६ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ।
कम्पनीको प्रति सेयर आम्दानी (EPS) २ रुपैयाँ ६ पैसा नोक्सानीमा छ भने प्रतिसेयर नेटवर्थ ५१ रुपैयाँ ५४ पैसा रहेको छ।
No comments yet.