
साहस उर्जाको विद्युत बिक्री आम्दानी २ अर्ब १४ करोड, ९ महिनामा कमायो ८३ करोड ४१ लाख नाफा, जगेडा कोषमा ३ अर्ब १० करोड जम्मा
- May 6, 2025
- 25
काठमाडौं : साहस उर्जा लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ८३ करोड ४१ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७४.४४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ४७ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको थियो।
कम्पनीको विद्युत बिक्रीबाट प्राप्त आम्दानी २ अर्ब २ करोड ५२ लाख रुपैयाँबाट बढेर २ अर्ब १४ करोड ३५ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, वित्तीय खर्च पनि घट्दै ९१ करोड ६८ लाखबाट ६२ करोड ९८ लाख रुपैयाँमा झरेको छ। आम्दानीमा वृद्धि र खर्चमा गिरावटका कारण नाफामा उल्लेखनीय सुधार आएको हो।
कम्पनीको अन्य आम्दानी ३३ लाख ३० हजार रुपैयाँ रहेको छ। ३ अर्ब ७८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको साहस उर्जाको जगेडा कोषमा ३ अर्ब १० करोड रुपैयाँ रहेको छ। हाल कम्पनीको इपिएस २९.४२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८२.१८ रुपैयाँ रहेको छ।
No comments yet.