Sarbaguna
Post Image

हिमालयन हाइड्रोपावरको नाफा १ हजार प्रतिशत भन्दा धेरैले बढ्यो

काठमाडौं: हिमालयन हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६ करोड ४१ लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ५५ लाख ३२ हजार रुपैयाँको तुलनामा १०६० प्रतिशतले बढी हो।

कम्पनीको आम्दानीमा पनि वृद्धि देखिएको छ। विद्युत् बिक्रीबाट भएको आम्दानी २३ करोड ७८ लाख रुपैयाँबाट बढेर २५ करोड ७२ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, वित्तीय खर्च १२ करोड ९२ लाख रुपैयाँबाट घटेर ८ करोड ९२ लाख रुपैयाँमा झरेको छ। आम्दानीमा वृद्धि र खर्चमा गिरावट आउँदा नाफामा उल्लेखनीय सुधार भएको हो।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ २४ करोड १३ लाख रुपैयाँ ऋणात्मक रहेको छ। कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी (EPS) ५.८६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ७७.९६ रुपैयाँ रहेको छ।

Leave a Comments

Comments

    No comments yet.