Sarbaguna
Post Image

खर्च घटेपछि शिवम् सिमेन्ट्सको नाफामा आकर्षक सुधार

काठमाडौं: शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४० करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो वर्षको सोही अवधिमा कमाएको २० करोड ४२ लाख रुपैयाँभन्दा ९६.०८ प्रतिशतले वृद्धि भएको हो।

यद्यपि कम्पनीको सञ्चालन आम्दानी र अन्य आम्दानीमा गिरावट आएको छ, बिक्री लागत तथा वितरण खर्चमा कटौती गरेको कारण नाफामा उल्लेखनीय सुधार देखिएको हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १०.०१ प्रतिशतले घटेर ५ अर्ब ३९ करोड रुपैयाँमा झरेको छ भने अन्य आम्दानी २७.१० प्रतिशतले घटेर १२ करोड ६४ लाख रुपैयाँमा सीमित भएको छ। तर, बिक्री लागतमा १६.०६ प्रतिशतबिक्री तथा वितरण खर्चमा ९.०४ प्रतिशत को कमी ल्याइएको छ।

हाल शिवम् सिमेन्ट्सको चुक्ता पुँजी ५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ, जगेडा कोषमा ३ अर्ब ४६ करोड रुपैयाँसेयर प्रिमियममा ९५ करोड ६२ लाख रुपैयाँ रहेको छ।

नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (EPS) ४.३७ रुपैयाँले बढेर ९.७९ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १८१.१० रुपैयाँ कायम भएको छ।

Leave a Comments

Comments

    No comments yet.