Sarbaguna

छ्याङ्दी हाइड्रोपावरको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

छ्याङ्दी हाइड्रोपावर लिमिटेड (CHL) को हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन आज, जेठ १ गते बिहीबार रहेको छ। कम्पनीले हकप्रद निष्काशन प्रयोजनका लागि भोली, जेठ २ गते बुक क्लोज गर्दैछ।

आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले हकप्रद शेयरमा आवेदन दिन योग्य हुनेछन्। कम्पनीले हालको चुक्ता पूँजीको १०० प्रतिशत बराबरको ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो, जसको कुल मूल्य ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ बराबर हुनेछ।

Tags

Leave a Comments

Comments

    No comments yet.