
आज अमेरिकी डलरसहित अरु विदेशी मुद्राको भाउ कति–कति छ ?
- May 16, 2025
- 12
काठमाडौं : आज जेठ २ गते शुक्रबार अमेरिकी डलरको भाउ केही बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको बिक्रीदर १३७ रुपैयाँ १९ पैसा पुगेको छ भने खरिददर १३६ रुपैयाँ ५९ पैसा कायम भएको छ। यसअघि बिहीबार बिक्रीदर १३६ रुपैयाँ ७४ पैसा र खरिददर १३६ रुपैयाँ १४ पैसा थियो।
यस्तै, राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १५३ रुपैयाँ ५८ पैसा र खरिददर १५२ रुपैयाँ ९१ पैसा रहेको छ।
बेलायती पाउन्ड १ को बिक्रीदर १८२ रुपैयाँ २६ पैसा र खरिददर १८१ रुपैयाँ ४६ पैसा तोकिएको छ।
अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९० पैसा रहेको छ भने क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९८ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ।
त्यस्तै, कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ १९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
No comments yet.