
अधिक तरलताको अवस्था यथावत् : ५० अर्ब परिपक्क हुने भएसँगै आज फेरि ५० अर्ब नै खिच्दै केन्द्रीय बैंक
- May 21, 2025
- 9
काठमाडौं : नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा बढ्दो तरलता व्यवस्थापन गर्न आज पुनः २१ दिनका लागि ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गरेको छ । यसअघि वैशाख १७ गते बैंकहरूले लगानी गरेको ५० अर्ब रुपैयाँ आज परिपक्क हुने भएकाले सोही अनुपातमा नयाँ निक्षेप संकलनमार्फत रकम प्रशोचन गर्न लागिएको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म बोलकबोल प्रक्रियामार्फत आवेदन दिन सक्नेछन् । यो निक्षेप संकलनको साँवा र ब्याज भुक्तानी मिति जेठ २८ गते तोकिएको छ । ब्याजदर भने बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ ।
बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ माग गर्न सक्नेछन्, भने अधिकतम ५ अर्ब रुपैयाँसम्म माग गर्दा बाँकी रकम निःशेष रूपमा बाँडफाँड गरिने व्यवस्था गरिएको छ ।
No comments yet.