Sarbaguna
Post Image

विकास हाइड्रोपावरको आइपीओमा मागभन्दा बढी आवेदन, कति जनाले भरे ?

काठमाडौं : विकास हाइड्रोपावर कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि खुला गरेको प्राथमिक सेयर (आईपीओ) मा हालसम्म ६ करोड ६४ लाख ७१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (जेठ ७ गते) बिहान १०ः०७ बजेसम्म २८ हजार ९९९ जनाले ६ लाख ६४ हजार ७१० कित्ता सेयरका लागि आवेदन दिएका छन्, जुन माग गरिएको संख्याको १.८७ गुणा बढी हो ।

कम्पनीले मंगलबार (जेठ ६ गते) देखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ बिक्री खुला गरेको हो ।

सर्वसाधारणका लागि निष्कासन गरिने कुल सेयरमध्ये १० प्रतिशत, अर्थात ३ लाख ५४ हजार ५५० कित्ता सेयर (३ करोड ५४ लाख ५५ हजार रुपैयाँ बराबर) वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि छुट्याइएको हो, जसमा उनीहरूले आवेदन दिन सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

Leave a Comments

Comments

    No comments yet.

Follow Us