
प्रभु क्यापिटलका २ वटा म्युचुअल फन्डको न्याभ र नाफा बढ्यो, यस्तो छ समग्र वित्तीय अवस्था
- May 27, 2025
- 17
काठमाडौं : प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालित दुईवटा म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (NAV) तथा नाफा वैशाख महिनामा अघिल्लो महिनाको तुलनामा बढेको छ।
प्रभु सेलेक्ट फन्डको NAV वैशाखमा ९ पैसाले वृद्धि भई १२ रुपैयाँ ३६ पैसामा पुगेको छ, जुन चैतमा १२ रुपैयाँ २७ पैसा थियो। यद्यपि, फन्डको सूचीकृत कम्पनीमा लगानी भने घटेर १ अर्ब ३६ करोड रुपैयाँमा झरेको छ, जुन चैतमा १ अर्ब ४० करोड रुपैयाँ थियो।
फन्डको बैंक मौज्दात १ करोड ४६ लाख रुपैयाँबाट बढेर २ करोड २६ लाख पुगेको छ भने मुद्दति निक्षेपमा ४ करोड रुपैयाँ रहेको छ। वैशाख मसान्तसम्म फन्डले ५१ वटा सूचीकृत कम्पनीमा लगानी गर्दै २३ करोड २२ लाख रुपैयाँ नाफा कमाएको छ, जुन चैतमा २२ करोड ८ लाख रुपैयाँ थियो।
त्यस्तै, प्रभु स्मार्ट फन्डको NAV वैशाखमा ८ पैसाले बढेर १२ रुपैयाँ ४६ पैसा कायम भएको छ, जुन अघिल्लो महिना १२ रुपैयाँ ३८ पैसा थियो। यस फन्डले सूचीकृत कम्पनीमा लगानी घटाएर १ अर्ब १० करोड रुपैयाँ पुर्याएको छ, जुन चैतमा १ अर्ब १४ करोड रुपैयाँ थियो।
फन्डको बैंक मौज्दात पनि १ करोड ७३ लाख रुपैयाँबाट बढेर २ करोड ३५ लाख रुपैयाँमा पुगेको छ। वैशाख मसान्तसम्म यसले ४४ वटा सूचीकृत कम्पनीमा लगानी गरी कुल १७ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो महिनामा १७ करोड ७ लाख रुपैयाँ थियो।
No comments yet.