
अमेरिकी डलर भाउ बढ्यो, युरो घट्यो : प्रमुख मुद्राहरुको विनिमय दर यस्तो छ
- Jun 4, 2025
- 12
काठमाडौं: आज बुधबार (जेठ २१) अमेरिकी डलरको भाउ बढेको छ भने युरोको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार, १ अमेरिकी डलरको बिक्रीदर १३७ रुपैयाँ २५ पैसा र खरिददर १३६ रुपैयाँ ६५ पैसा निर्धारण गरिएको छ। यसअघि मंगलबार डलरको बिक्रीदर १३६ रुपैयाँ ९२ पैसा र खरिददर १३६ रुपैयाँ ३२ पैसा थियो।
यता, युरोको दरमा भने गिरावट आएको छ। आज १ युरोको बिक्रीदर १५६ रुपैयाँ २९ पैसा र खरिददर १५५ रुपैयाँ ६० पैसा छ। मंगलबार युरोको बिक्रीदर १५६ रुपैयाँ ४० पैसा र खरिददर १५५ रुपैयाँ ७२ पैसा थियो।
अन्य प्रमुख विदेशी मुद्राको दर हेर्दा, बेलायती पाउन्ड १ को बिक्रीदर १८५ रुपैयाँ २३ पैसा र खरिददर १८४ रुपैयाँ ४२ पैसा रहेको छ। जापानी १० येनको बिक्रीदर ९ रुपैयाँ ५९ पैसा र खरिददर ९ रुपैयाँ ५५ पैसा छ।
अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ २१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६० पैसा रहेको छ। त्यस्तै, क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ८९ पैसा रहेको छ। कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६५ पैसा निर्धारण गरिएको छ।
No comments yet.