
सुनको भाउ सामान्य घट्दा चाँदी भने बढ्यो, आजको मूल्य कति ?
- Jun 9, 2025
- 8
काठमाडौं : आज सुनको मूल्य सामान्य रूपमा घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, सोमबार छापावाल सुनको भाउ प्रतितोला १०० रुपैयाँले घट्दै १ लाख ९० हजार ६०० रुपैयाँमा पुगेको छ। आइतबार यसको मूल्य १ लाख ९० हजार ७०० रुपैयाँ थियो।
यता, चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर २१ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ, जुन आइतबार २१ सय ४५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३,३१२.९७ डलरमा र चाँदी ३६.०३ डलरमा कारोबार भइरहेको छ।
No comments yet.