
आजका लागि विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलरको भाउ स्थिर, युरो घट्यो
- Jun 9, 2025
- 9
काठमाडौं : आज अमेरिकी डलरको विनिमय दर स्थिर रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार सोमबार, जेठ २६ गते १ अमेरिकी डलरको बिक्रीदर १३७ रुपैयाँ ३१ पैसा र खरिददर १३६ रुपैयाँ ७१ पैसामा यथावत् छ। आइतबार पनि यही दरमा कारोबार भएको थियो।
युरोको मूल्य भने घटेको छ। आज १ युरोको बिक्रीदर १५६ रुपैयाँ ४६ पैसा र खरिददर १५५ रुपैयाँ ७८ पैसा रहेको छ, जुन आइतबार क्रमशः १५६ रुपैयाँ ७१ पैसा र १५६ रुपैयाँ १३ पैसा थियो।
राष्ट्र बैंकका अनुसार आज १ बेलायती पाउन्डको बिक्रीदर १८५ रुपैयाँ ९५ पैसा र खरिददर १८४ रुपैयाँ ९० पैसा कायम गरिएको छ।
त्यसैगरी, १० जापानी येनको बिक्रीदर ९ रुपैयाँ ४८ पैसा र खरिददर ९ रुपैयाँ ४४ पैसा रहेको छ।
अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८९ रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ भने क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०० रुपैयाँ २८ पैसा रहेको छ।
कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ।
No comments yet.