प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो
- Jun 10, 2025
- 167
काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचक १.२१ अंकले वृद्धि भई २६५४.३१ मा पुगेको छ । यस अवधिमा २ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
सेसनमा ४९ कम्पनीका ३९ हजार ५४४ कित्ता सेयर खरिदबिक्री भएका छन्, जसमा जम्मा ९२ वटा कारोबार सम्पन्न भएका छन् । मूल्य वृद्धि हुने कम्पनीको संख्या ३० रहेको छ भने १६ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी कम्पनीहरूको मूल्यमा कुनै परिवर्तन देखिएको छैन ।














No comments yet.