Sarbaguna
Post Image

रिलायबल नेपाल लाइफ इन्सुरेन्सले बोनस सेयर दिंदै, कहिले छ एजीएम ?

काठमाडौं : रिलायबल नेपाल लाइफ इन्सुरेन्सको आठौं वार्षिक साधारण सभा असार २ गते आयोजना हुने भएको छ। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांकेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभामा कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरूलाई १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण प्रस्ताव पेश गर्नेछ।

यसबाहेक, सभामा सो आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा-नोक्सान विवरण तथा नगद प्रवाह प्रतिवेदनमाथि छलफल हुनेछ। साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पेश गरिनेछ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि बुक क्लोज मिति जेठ २६ गते तोकेको छ। तसर्थ, जेठ २५ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

Leave a Comments

Comments

    No comments yet.