सन नेपाल लाइफको हकप्रदमा आज अन्तिम मौका
- Jun 17, 2025
- 213
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (SNLI) ले निष्काशन गरेको २७ प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज (असार ३ गते) अन्तिम दिन रहेको छ। कम्पनीले चालु पूँजीका आधारमा हाल कायम १ कित्ता शेयर बराबर ०.२७ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो।
यस योजना अन्तर्गत कम्पनीले कुल १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको, प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता शेयर जारी गर्दैछ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले बैशाख ५ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार बैशाख ४ गतेसम्म कायम शेयरधनीले मात्र आवेदन दिन सक्नेछन्।
केयर रेटिङ्स नेपालले इन्स्योरेन्सलाई ‘CARE-NP BBB (Issuer Rating)’ प्रदान गरेको छ, जसले कम्पनीको समयमै वित्तीय दायित्व पुरा गर्ने क्षमता औसत स्तरको रहेको संकेत गर्दछ।
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले शेयर निष्काशन तथा बिक्री व्यवस्थापन गरेको छ। इच्छुक शेयरधनीले बिक्री प्रबन्धक, सन नेपाल लाइफ इन्स्योरेन्सका केन्द्रिय तथा क्षेत्रीय कार्यालयहरू, साथै सि-आस्वा प्रणालीमा आबद्ध बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्।
हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ भने हकप्रद निष्काशनपछि यो बढेर ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ।












No comments yet.